झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २६, बुधबार ११:०७

विराटनगर । झापाको झापा गाउँपालिका–६, शरणामतीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरबाट ट्याक्टर निकाल्ने क्रममा दुर्घटना हुँदा स्थानीय ४५ वर्षीय सुनिल सोरेनकाे मृत्यु भएकाे हाे ।

प्रहरीका अनुसार सोरेनले मे १ त ३३१६ नम्बरको ट्र्याक्टर घरबाट निकाल्ने क्रममा दुर्घटना भएको  थियाे ।

दुर्घटनामा गम्भीर घाइते भएका सोरेनको दुवै खुट्टा र टाउकोमा चोट लागेको थियो । बिर्तामोडस्थित विर्ता सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.