कस्तो छ आजको माैसम ?

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २७, बिहीबार ०६:२०

काठमाडौं । देशका केही स्थानमा आंशिक बदली भए पनि आज वर्षाको सम्भावना छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मौसम मुख्यतया सफा रहनेछ ।

विभागले दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.