राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावलीका लागि निर्वाचन कार्यालय जानु नपर्ने

Share this
635shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २७, बिहीबार १६:१९

काठमाडौं । राष्ट्रिय परिचयपत्र बनाएका व्यक्तिले मतदाता नामावलीका लागि निर्वाचन कार्यालय पुग्न नपर्ने भएको छ । आफूलाई सहज हुने स्थानबाटै फारम भरेपछि स्वतः राष्ट्रिय परिचयपत्रमा भएको विवरण मतदाता नामावलीमा प्रयोग हुनेछ ।

निर्वाचन आयोगले आजैबाट लागू हुनेगरी राष्ट्रिय परिचयपत्र बनाएका व्यक्तिको हकमा अनलाइनबाट फारम भर्ने व्यवस्था गरेको छ । अनलाइन फारम भरेपछि कार्यालय पुग्नु पर्दैन ।

कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अुनसार, अनलाइन मतदाता नामावली संकलन गर्नेहरूको नेशनल आइडि कार्ड (राष्ट्रिय परिचयपत्र) बाट बायोमेट्रिक लिएर नामावली संकलन गर्न सकिने बताए ।

राष्ट्रिय बनाइसकेका नागरिकहरू भए अब अनलाइनबाट मतदाता नामावली संकलन गर्नेहरूको बायोमेट्रिक नेशनल आइडी कार्डबाटै लिइनेछ । मतदाता नामावली संकलनकाे अवधि कात्तिक ३० गतेसम्म छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.