कोशी प्रदेश : जेनजी आन्दोलन र प्राकृतिक विपत्तिमा ५ अर्ब ३१ करोडको क्षति

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २८, शुक्रबार १६:५३

विराटनगर । जेनजी आन्दोलन र प्राकृतिक विपत्तिका कारण कोशी प्रदेशमा ५ अर्ब ३१ करोड ८५ लाखको क्षति भएको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार जेनजी आन्दोलनका क्रममा कोशी प्रदेश सरकारको मात्रै ७६ करोड ९५ लाख ४२ हजार रुपैयाँ क्षति भएको छ । गत असोज १७, १८ र १९ गतेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण ३ अर्ब ५६ करोड २७ लाख क्षति भएको थियो ।

बाढीका कारण ५६ वटा निजी घरमा क्षति पुगेको थियो । १३ वटा सरकारी भवनमा क्षति पुगेको थियो । १ सय ५८ वटा सडक, ३० वटा सडक पुल र ११ वटा झोलुंगे पुलमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा जम्मा २ सय ७७ वटा संरचनामा क्षति पुगेको हो । क्षति पुगेका संरचना पुनर्निर्माणको काम सुरु गरिएको भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले जानकारी दिए । विराटनगर महानगरपालिकाको मात्रै ९८ करोड ६३ लाख क्षति भएको थियो ।

महानगरको भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार २ सय ३४ रुपैयाँ बराबरको क्षति भएको छ ।  महानगरपालिकामा रहेको स्काभेटर, शववाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्दलगायत सामग्री नष्ट हुँदा ७५ करोड २५ लाख ६३ हजार ४ सय ८५ रुपैयाँ बराबरको क्षति भएको छ । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.