
काठमाडौं । देशका अधिकांश भूभागमा आज सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । बिहानको मौसम सामान्य छ ।
दिउँसोको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिने सम्भावना छ ।
ती क्षेत्रबाहेक देशका अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहने र घाम लाग्ने पूर्वानुमान छ ।

























