प्रतिनिधिसभा निर्वाचनमा एक लाख ३० हजार म्यादी प्रहरी चाहिने

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १, सोमबार ०७:३३

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा एक लाख ३० हजार म्यादी प्रहरी भर्ना गरिने भएको छ ।

आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले म्यादी प्रहरी भर्ना गर्ने प्रकृया अघि बढाउने निर्णय गरेको हो । निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक छन् ।

बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्विकृत भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आईजीपी दानबहादुर कार्की, सशस्त्रका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र सैनिक प्रतिनिधि सहभागी थिए ।

बैठकले निर्वाचन भन्दा पूर्व, निर्वाचनको अवधि र निर्वाचनपछि पनि सुरक्षा चुनौती हुने निष्कर्ष निकाल्दै सतर्कता अपनाउने निर्णय गरेको गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.