गोल्छाको स्मृतिमा मानव सेवा आश्रममा भोजन

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २, मंगलबार १३:२८

विराटनगर । उद्योग संगठन मोरङका पूर्व अध्यक्ष, वरिष्ठ उद्योगपति तथा समाजसेवी स्व. महेन्द्र गोल्छाको १६औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । स्मृति दिवसका अवसरमा संगठनको कार्यसमितिले संगठनको सचिवालयमा स्थापित स्व. गोल्छाको अर्धकद शालिकमा माल्यार्पण गरी सम्मान व्यक्त गरेको छ ।

पोखरियास्थित मानव सेवा आश्रममा खाद्यान्न तथा भोजन वितरण गरी उहाँको सामाजिक योगदानलाई स्मरण गरिएको छ ।संगठनका अध्यक्ष नन्दकिशोर राठीले स्व. गोल्छाले उद्योग-व्यवसाय क्षेत्रको हित संरक्षण, व्यावसायिक एकता र निजी क्षेत्रको सुदृढीकरणमा पुर्‍याउनुभएको महत्वपूर्ण योगदानको चर्चा गरे ।

अध्यक्ष राठीले स्व. गोल्छाको ‘उद्योग संगठन मोरङ उद्योगी मात्र नभई, उद्योगमा कार्यरत श्रमिकको समेत हो’ भन्ने भनाइलाई सबैले आत्मसात गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । निवर्तमान अध्यक्ष राकेश सुरानाले स्व. गोल्छालाई उद्योगी-व्यवसायीको सामूहिक हित र उद्योग क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राखी कार्य गर्न सदैव अभिप्रेरित गर्ने व्यक्तित्वका रूपमा स्मरण गरे ।

स्मृति दिवसको कार्यक्रममा संगठनका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू उपाध्यक्ष सुरेन्द्र गोल्छा, विपिन कावरा, सुवोध कोइराला, तथा कार्यसमिति सदस्यहरू सन्तोष भगत, दिपक अग्रवाल, पारस गोल्छा, प्रतिक राउत लगायतको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.