भारतमा रेल दुर्घटना: झापाका युवकको मृत्यु

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २, मंगलबार १४:०४

विराटनगर । भारतमा भएको रेल दुर्घटनामा परी झापा, कचनकवलका एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–४ स्थित पगलीभिट्टा निवासी कार्तिक मियाका छोरा फरमुद आलम छन् ।

पारिवारिक स्रोतका अनुसार आलम दिल्लीबाट रेल चढेर घर फर्कने क्रममा उत्तर प्रदेश राज्यको जागिपुर रेलवे स्टेसननजिकै रेलबाट लडेर गम्भीर घाइते भएका थिए । अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो ।

आलम केही महिनाअगाडि कामको सिलसिलामा भारतको राजधानी नयाँ दिल्ली गएका थिए । आलमको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउने तयारी भइरहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.