बालाचतुर्दशी : लाखौंले छरे शतबीज, पितृ मोक्षको कामना

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ३, बुधबार १०:३८

काठमाडौँ । मंसिर कृष्ण चतुर्दशीका दिन आज पाशुपत क्षेत्र लगायत देशभरका विभिन्न धार्मिक स्थलहरूमा बालाचतुर्दशी पर्व आस्था र उत्साहका साथ मनाइएको छ । दिवंगत पितृहरूको सम्झनामा रातभर जाग्राम बसी दीप प्रज्ज्वलन गरिएपछि आज बिहान पवित्र स्थलहरूमा शतबीज छर्ने चलन पूरा भएको छ ।

किन गरिन्छ शतबीज छरण ?

हिन्दू संस्कृति मान्नेहरूले आफ्ना दिवंगत पुर्खाहरूको मुक्तिका लागि शतबीज छर्ने गर्दछन् । हिन्दू मान्यताअनुसार दुर्घटना वा अकाल मृत्यु भएका मानिसहरूले जीवनकालमा पूरा गर्न नसकेका कर्महरू पूरा नभएसम्म मृतात्माले बैतर्नी तर्न सक्दैनन् । यसै मान्यताका आधारमा मंसिर कृष्ण त्रयोदशीको रातभर जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्दा पितृदोषबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ। रातभर भजनकीर्तन र भगवान् स्तुति गरेर जाग्राम बस्ने गरिन्छ ।

शतबीज छर्ने क्रममा विशेषगरी सात किसिमका अन्नहरू (सप्ताधानयुक्त शतबीज) को प्रयोग गरिन्छ। यसमा धान, गहुँ, मास, मुंगी, कागुन र सामाको बिउ आदि पर्दछन् । कहाँ छरिन्छ शतबीजरु यस्ता शतबीजहरू हिन्दू धर्मको आस्था जोडिएका विभिन्न धार्मिक वन तथा क्षेत्रहरूमा छर्ने गरिन्छ। पशुपतिको कैलाश डाँडा र श्लेष्मान्तक वन मा आज बिहानैदेखि शतबीज छर्ने भक्तजनहरूको उल्लेख्य भीड लागेको थियो ।

भोलिपल्ट बिहान झिसमिसेमै उठेर स्नानादि कर्म सकेपछि चोखो मन र शरीरले विधिपूर्वक कुनै पनि धार्मिक महत्व रहेका वनहरूमा पुगेर यसलाई छर्ने गरिन्छ। शक्तिपीठ पुग्न नसक्नेहरूले घरमै बसेर पनि यो पर्व मनाउने चलन छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.