अदालतमा आगजनी गर्ने ३ जना पक्राउ

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ३, बुधबार १२:५५
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

काठमाडौं । कैलाली जिल्ला अदालतमा आगजनी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । भदौ २४ गतेको जेनजी आन्दोलनमा जिल्ला अदालतमा आगजनी गरेको आरोपमा मंगलबार प्रहरीले तीन जनालाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ बस्ने २४ वर्षीय आशिष भण्डारी, ३० वर्षीय अमन केसी र २४ वर्षीय भरत बम रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए ।

जिल्ला अदालतले आगजनीमा संलग्नको पहिचान गरेर कारबाहीको दायरामा ल्याउन माग गर्दै दिएको जाहेरीका आधारमा पहिचान गरेर तीनै जनालाई पक्राउ गरिएको उनले बताए ।

जिल्ला अदालत कैलालीमा २४ भदौमा भएको आगजनीमा २००७ सालदेखिका ३० हजारभन्दा बढी मुद्दाका मिसिल जलाइएको थिए । प्रहरीले जिल्ला अदालतले दिएको जाहेरीलाई आधार बनाएर आगजनीमा संलग्नलाई पक्राउ गर्दै कारबाही प्रक्रिया थालिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.