सिमरामा कर्फ्यु आदेश: महेश बस्नेतको विरोधमा प्रदर्शनपछि प्रशासनको कडाइ

Share this
650shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ३, बुधबार १३:०६

काठमाडौँ । नेकपा (एमाले) का नेता महेश बस्नेतको विरोधमा ‘जेनजी’ समूहले प्रदर्शन गरेपछि बारा जिल्ला प्रशासन कार्यालयले जीतपुर सिमरा उपमहानगरपालिकाको मुख्य क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र ६(ख) बमोजिम आज मध्यान्ह १२:३० बजेदेखि बेलुका ८ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् । सूचनाअनुसार जीतपुर सिमराको तोकिएको चार किल्ला क्षेत्रमा कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्णरूपमा निषेध गरिएको छ ।

कर्फ्यु लगाइएको मुख्य क्षेत्रहरूमा गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ ५ सय मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५ सय मिटरसम्मको भूभाग तोकिएको छ । कर्फ्यु आदेशको अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू तथा सञ्चारकर्मीहरूको आवागमनमा भने सुरक्षाकर्मीहरूबाट सहजीकरण हुने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.