जेनजीका २३ वटा समूहले राष्ट्रपतिलाई बुझाए ज्ञापनपत्र

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ४, बिहीबार १४:२०

काठमाडौं । विभिन्न २३ वटा जेनजी समूहहरूले आज (बिहीबार) राष्ट्रपति रामचन्द्र पौडेल लाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा जेनजी विद्रोहको जगमा बनेको वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले आफ्ना प्रमुख मागहरू सम्बोधन नगरी केवल चुनावमा मात्र केन्द्रित भएको भन्दै गुनासो व्यक्त गरिएको छ ।

राष्ट्रपति पौडेललाई बुझाइएको ज्ञापनपत्रमा जेनजी समूहले सरकारसँग प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन र ठूला भ्रष्टाचार प्रकरणमा संलग्नहरूलाई कारबाही लगायतका मुख्य अपेक्षा राखेको उल्लेख छ ।

सरकार दिशाहीन बनेको र आफ्ना मागहरू पूरा गर्न नसकेको भन्दै युवा समूहले तत्काल प्रधानमन्त्रीलाई फिर्ता बोलाउनसमेत माग गरेका छन् ।

ज्ञापनपत्रमा भनिएको छ, ‘यो विद्रोह र शहादत केवल अर्ली इलेक्सनका लागि मात्रै भएको थिएन । विद्रोहमा संलग्न जेनजीका २३ एलाइन्स, घाइते र सहिद परिवारका माग यो सरकारले तत्काल सम्बोधन गर्नुपर्छ ।’

उनीहरूले जेनजी विद्रोहको जगमा बनेको सरकारले केवल चुनाव मात्रै गराउने कुरा स्वीकार्य नहुने स्पष्ट पारेका छन् । राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाउने समूहहरूमा जेनजी नेशनल फ्रन्ट लाइनर, जेनजी स्पार्क, एनटेक जेनजी, ऋणी एसोसिएसन, युनाइटेड लगायतका समूह छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.