राष्ट्रिय सुरक्षा परिषद् बैठक जारी, के होला निर्णय ?

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ४, बिहीबार १५:५९

काठमाडौँ । बुधवारदेखि बाराको सिमरा क्षेत्रमा सुरु भएको तनाव साम्य नभएपछि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेकी छिन् । बैठक सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बिहीबार बसिरहेको छ ।

तनावको मुख्य कारण बुधबार एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत कार्यक्रममा सहभागी हुन बारा जाने कार्यक्रम रहेको थियो। एमालेसँगको विवादका कारण सिमरास्थित विमानस्थलमा हिजो ‘जेनजी युवाहरूले तोडफोड गरेका थिए ।

घटनापश्चात् सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ, जुन बिहीबार राति ८ बजेसम्मका लागि लम्ब्याइएको छ । बुधवारदेखि सुरु भएको तनाव नरोकिएपछि आज (बिहीबार) पुनः कर्फ्यु जारी गरिएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार जारी सुरक्षा परिषद्को बैठकमा सिमराको अवस्थाका साथै निर्वाचनमा सेना परिचालनबारे पनि छलफल भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.