दुहबीको अरिहन्त जुट मिल्समा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ६, शनिबार १८:४१
फाइल फाेटाे

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–८ सोनापुरमा रहेको अरिहन्त जुट मिल्समा शनिबार साँझबाट भीषण आगलागी भइरहेको छ ।

आइतबार साँझ करिब ५ बजेबाट अचानक आगलागी सुरु भएको हो । आगो फैलिँदै गएपछि नियन्त्रणका लागि ८ वटा दमकल परिचालन गरिएको छ । ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी तथा मिल्सका कर्मचारी र स्थानीय आगो नियन्त्रणमा खटिएका छन् ।

विराटनगर महानगरपालिकाका २, दुहबी नगरपालिका, देवानगंज गाउँपालिका, रामधुनी नगरपालिका, सुन्दरहरैँचा नगरपालिका बराहक्षेत्र नगरपालिका र धरान उपमहानगरपालिकाबाट १–१ वटा दमकल आगो नियन्त्रणमा खटिएका छन् । आगो नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय दुहबीबाट इन्स्पेक्टर युवराज थापा र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस दुहबीबाट सशस्त्रका इन्स्पेक्टर माधवप्रसाद ढुंगेलको नेतृत्वमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुरक्षाकर्मीले अहिले मिल्सभित्रको जोखिमयुक्त क्षेत्रमा प्रवेश गर्दै आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । मिल्सभित्र रहेका कच्चा पदार्थ, तेलजन्य पदार्थ तथा अन्य ज्वलनशील सामग्रीका कारण आगो नियन्त्रणमा समस्या भइरहेको छ ।

तर, आगो बस्तीमा फैलने सम्भावना भने नरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण पत्ता लाग्न सकेको छैन । नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.