अरिहन्तमा लागेको आगो नियन्त्रणमा

Share this
795shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ६, शनिबार १९:५५

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–८ सोनापुरमा रहेको अरिहन्त जुट मिल्समा लागेको आगो नियन्त्रणमा आएको छ ।

आगोले मिल्सभित्र रहेका कच्चा पदार्थ लगायतका सामग्री जलेर ध्वस्त भएका छन् । आइतबार साँझबाट सुरु भएको आगलागी करिब ३ घण्टापछि नियन्त्रणमा आएको हो । अचानक लागेको आगो नियन्त्रणमा लिन ८ वटा दमकलका साथै ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

विराटनगर महानगरपालिकाका २, दुहबी नगरपालिका, देवानगञ्ज गाउँपालिका, रामधुनी नगरपालिका, सुन्दरहरैँचा नगरपालिका बराहक्षेत्र नगरपालिका र धरान उपमहानगरपालिकाबाट १–१ वटा दमकल आगो नियन्त्रणमा खटिएका थिए । इलाका प्रहरी कार्यालय दुहबीबाट इन्स्पेक्टर युवराज थापा र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस दुहबीबाट सशस्त्रका इन्स्पेक्टर माधवप्रसाद ढुंगेलको नेतृत्वमा खटिएको सुरक्षाकर्मीको संयुक्त टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

आगोले मिल्सभित्र रहेका कच्चा पदार्थ, तेलजन्य पदार्थ तथा अन्य ज्वलनशील सामग्री जलेका छन् । आगलागीको कारण पत्ता लाग्न सकेको छैन भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । क्षतिको विवरण यकिन छैन । क्षतिको विवरण संकलनको काम भइरहेको र यकिन हुन समय लाग्ने जानकारी प्रहरीले दिएको छ ।

दुहबीको अरिहन्त जुट मिल्समा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.