कोशी प्रदेशकै ‘नमुना’ बनाउने भनिएको त्रियुगा बसपार्क अलपत्र

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ७, आइतबार १०:५४

उदयपुर । उदयपुरको त्रियुगा बसपार्क निर्माणको काम चार वर्षदेखि अलपत्र परेको छ । कोशी प्रदेशकै नमुना बसपार्क बनाउने गरी २०७६ सालमा सुरु भएको १३ करोड रुपैयाँ लागतको आयोजना अधुरो छाडेर ठेकेदार कम्पनी ‘बेपत्ता’ भएको छ ।

त्रियुगा नगरपालिका–१२ गाईघाटस्थित त्रियुगा नदीको उत्तरी किनारमा अत्याधुनिक बसपार्क बनाउने लक्ष्य थियो ।  नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै २०७८ पुसभित्र काम सक्ने गरी रमण आईएस एमडी जेभीले ठेक्का पाएको थियो ।

ठेकेदार कम्पनी रमण आईएस एसबी बिल्डर्स जनकपुरले काम नगरेपछि दैनिक रूपमा ठेक्का रकमको ०.५ प्रतिशतका दरले जरिवाना भइरहेको आयोजना प्रमुख सुरेन्द्रकुमार साहले बताए । कम्पनीलाई अहिलेसम्म ६ पटकसम्म म्याद थप गरिसकिएको छ, तर काम पूरा भएको छैन । बसपार्क नबन्दा गाईघाट बजारमा अहिले पनि सडक छेउ र त्रियुगा नदीको बगरमा बस पार्किङ गर्नुपर्ने बाध्यता छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.