
काठमाडौँ । राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको भन्दै दर्ता भएको अदालतको अवहेलना मुद्दामा आज प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध सुनुवाइ हुँदैछ ।
अधिवक्ता प्रतिभा उप्रेती र प्रेम सिलवालले दायर गरेको निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र न्यायाधीश अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
वर्तमान सरकारले गत असोज ३० गते अघिल्लो सरकारको पालामा नियुक्त गरिएका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तर, सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले गत कात्तिक १६ गते राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको थियो ।
सर्वोच्चको सो अन्तरिम आदेशपछि सरकारले राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो र उनीहरू हाल परराष्ट्र मन्त्रालयमै हाजिर भइरहेका छन् ।

























