बस्नेतमाथि दुर्व्यवहार गर्ने नेविसंघ कार्यकर्तालाई कारबाही हुने

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ७, आइतबार १५:१९

विराटनगर । नेकपा (एमाले) नेता महेश बस्नेतमाथि विराटनगरमा भएको दुर्व्यवहार प्रयासमा नेविसंघका कार्यकर्ता संलग्न भएको पुष्टि भएपछि विद्यार्थी सङ्गठनका सभापति दुजाङ शेर्पाले कारबाहीको चेतावनी दिएका छन् ।

आइतबार बस्नेत विमानस्थल हुँदै विराटनगरबाट सुनसरी जाने क्रममा उनी सवार गाडीमा नेविसंघ कार्यकर्ताले रातो रङसहितको बेलुन प्रहार गरेका थिए। उक्त कार्यमा संलग्न सन्जोग गौतम र अर्पित कुँवर महेन्द्र मोरङ क्याम्पसका नेविसंघका नेता भएको पुष्टि भएको छ ।

घटनापछि सभापति शेर्पाले सामाजिक सञ्जालमार्फत सङ्गठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिने स्पष्ट पारेका छन् । उनले बस्नेतमाथि मसी छ्याप्ने कायरता नेपाल विद्यार्थी संघको नीति र चरित्र नभएको बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.