सांकेतिक तस्बिरझापा । झापाको बिर्तामोड नगरपालिका-७ मियाबारीस्थित रेखा खोलामा बिजुलीको तारबाट करेन्ट जोडेर माछा मार्ने क्रममा करेन्ट लागी एक जनाको मृत्यु भएको छ । बिजुलीको पोलको तारबाट करेन्ट जडान गरी माछा मारिरहेका बेला ५२ वर्षीय आनन्द चौधरी लाई करेन्ट लागी घटनास्थलमै मृत्यु भएको हो ।
यस कार्यमा सहयोग गर्ने सोही ठाउँ बस्ने ४८ वर्षीय पुरन चौधरी र ३२ वर्षीय श्याम चौधरीलाई प्रहरीले अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएको छ । प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएर घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।























