समानुपातिक निर्वाचन कार्यक्रमको तालिका मंसिर २० देखि

Share this
650shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ८, सोमबार १३:३६

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण निर्वाचन कार्यक्रम यही मंसिर २० गतेदेखि सञ्चालन हुने भएको छ । निर्वाचन आयोगले सोही मितिदेखि समानुपातिक निर्वाचन कार्यक्रमलाई अगाडि बढाउने जनाएको छ ।

आयोगबाट स्वीकृत कार्यक्रमअनुसार, समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म निवेदन पेश गर्न सक्नेछन् । निवेदन पेश गरेका राजनीतिक दलहरूको नामावली मंसिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म प्रकाशन गरिनेछ ।

त्यसैगरी, राजनीतिक दलहरूले आफ्ना उम्मेदवारहरूको बन्दसूची पुस १३ गते र १४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आयोगमा पेश गर्नेछन् । प्राप्त भएका बन्दसूचीलाई अन्तिम रूप दिँदै आयोगले माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

स्वीकृत निर्वाचन कार्यक्रम अनुसार, समानुपातिक निर्वाचनका लागि सम्बन्धित मतदान केन्द्रहरूमा फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.