जेनजी आन्दोलनको आवरणमा आगजनी गरेर ध्वस्त पारिएको सर्वोच्च अदालत ।काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ । संसद पुनर्स्थापनाको माग गर्दै रिट लिएर नेकपा एमाले सर्वाेच्च अदालत पुगेको हो ।
एमालेको प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले मंगलबार रिट दर्ता गरेका हुन् ।
‘असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग सहित रिट निवेदन नेकपा एमाले संसदीय दलको तर्फबाट सर्वोच्च अदालतमा पेस भएको छ’, बर्तौलाले भने ।
जेनजी आन्दोलनपछि केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । आन्दोलनपछि बनेकी प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २७ गते संसद विघटनका लागि सिफारिस गरेकी थिइन् । उनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए ।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको थियो ।

























