
काठमाडौं । देशभर आज मौसम मुख्यतया सफा रहनेछ ।
कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति देशभर मौसम मुख्यतया सफा रहने विभागले बताएको छ ।

























