दल दर्ता गराउने समय आज सकिँदै

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १०, बुधबार ०९:२४

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने समय आज (बुधबार) मात्र छ ।

निर्वाचन प्रयोजनका लागि राजनीतिक दलले दर्ता गराउने समय आज सकिन लागेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगमा पहिले नै दर्ता भएका राजनीतिक दलहरूले पनि यस पटकको निर्वाचनमा भाग लिनका लागि फेरि दल दर्ता गराउनुपर्ने प्रावधान रहेको छ ।

दल दर्ताको समयसीमा आज कार्यालय समयसम्म मात्रै उपलब्ध हुनेछ। समयसीमा सकिन लाग्दा पनि सबै दलले भने दर्ता प्रक्रिया पूरा गरेका छैनन् ।

आयोगमा रहेका कुल दल: १३४

मंगलबारसम्म दर्ता भएका दल: ८०

निर्वाचन आयोगमा दर्ता हुन बाँकी रहेका दलहरूले आजभित्र अनिवार्य रूपमा दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.