ज्वालामुखीको खरानीले अन्तर्राष्ट्रिय उडान प्रभावित

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १०, बुधबार १६:०४

काठमाडौँ । इथियोपियामा आइतबार विस्फोट भएको ज्वालामुखीबाट निस्किएको खरानीका कारण मंगलबार र बुधबार नेपाल उडान गर्ने कम्तीमा सात वटा अन्तर्राष्ट्रिय वायुसेवाका उडान प्रभावित भएका छन्। आकाशमा उडिरहेको विमानको इन्जिनमा गम्भीर क्षति पुर्‍याउन सक्ने खरानीका स-साना कणहरू हवाई रुटमा भेटिएपछि उडान प्रभावित भएका हुन्।

ज्वालामुखीको खरानीको जोखिमका कारण मंगलबार राति नेपाल अवतरण हुनै लागेको हङकङको क्याथे प्यासिफिकको वाइडबडी जहाज नेपाल आउन सकेन। काठमाडौँ विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार अवतरणको तरखरमा रहेको क्याथेको जहाज सिमरानजिकैको आकाशबाट बंगलादेशको राजधानी ढाका हुँदै हङकङ फर्किएको थियो।

उक्त उडानबाट हङकङका लागि बोर्डिङ पास लिइसकेका ३ सय ९ यात्रुहरूलाई काठमाडौँका विभिन्न होटलमा राखिएको थियो। कतार एयरवेजका चार वटा जहाज निर्धारित समयतालिकामा उड्न नसक्दा कम्तीमा १ हजार यात्रु समयमै गन्तव्यमा पुग्न सकेनन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.