इनरुवाबाट डेढ क्विन्टल गाँजासहित युवक पक्राउ

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ११, बिहीबार १२:००

विराटनगर । सशस्त्र प्रहरी बलले आज (बिहीबार) बिहान सुनसरीको इनरुवाबाट १५३ किलो गाँजासहित १ युवकलाई नियन्त्रणमा लिएको छ। इनरुवा नगरपालिका–७ चाँदवेलाबाट २० वर्षीय आदित्य चौधरी पक्राउ परेका हुन् । प्रहरीका अुनसार उनी स्कारपियो गाडीका चालक हुन् ।

बिहीबार बिहान इनरुवा–७ चाँदवेलाबाट दक्षिणतर्फ जाँदै गरेको बा १५ च २१७३ नम्बरको स्कारपियो पिकअप गाडी र को २७ प ८३३१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्लास्टिकको प्याकेटमा राखिएको गाँजा फेला परेको थियो ।

प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको थियो । त्यस क्रममा मोटरसाइकल चालक भने घटनास्थलबाट फरार भएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगञ्जबाट खटिएको टोलीले गाँजा, गाडी र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका चौधरीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.