
काठमाडौँ । जेनजी युवाहरुको समूहले काठमाडौँको माइतीघरमा सरकारविरुद्ध आज (बिहीबार) प्रदर्शन गरेको छ । माइतीघरमा भेला भएर पम्प्लेट सहित उनीहरुले सरकारको विरोध गरेका हुन् ।
उनीहरूले टाउकोमा कालो पट्टी बाँधेर “ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा”, “सुशीलाको पाराले दुख पाए साराले”, “जेनजीको आडमा चुरीफुरी सुशीला सरकार कुरीकुरी” जस्ता पम्प्लेट प्रदर्शन गरेका छन् ।
युवाहरूको यो प्रदर्शन वर्तमान सरकारका नीति तथा नेतृत्वप्रति लक्षित रहेको बुझिएको छ।

























