ग्यास लिक भएर आगलागी हुँदा क्षति

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १२, शुक्रबार ०७:४०
प्रतीकात्मक तस्बिर

झापा । बिर्तामोड नगरपालिका–२, चैतुवारीस्थित दुर्गा स्टिल प्रा.लि. उद्योगका कामदारहरू बस्ने घरमा ग्यास लिक भई बिहीबार साँझ आगलागी हुँदा करिब छ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

प्रहरीले दिएको जानकारी अनुसार कामदारहरू बसोबास गर्ने दुईतले पक्की घरको भुईँतल्लाको किचन कोठाबाट ग्यास लिक भएर अचानक आगो सल्केको थियो। आगलागीका कारण किचन कोठासँगै जोडिएको सुत्ने कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ।

प्रारम्भिक विवरण अनुसार आगलागीले कामदारहरूको नगद १ लाख ५० हजार, लत्ताकपडा, तीन थान मोबाइललगायतका सामग्रीहरू नष्ट हुँदा करिब ६ लाख बराबरको क्षति पुगेको उल्लेख छ। आगलागीपछि स्थानीय बासिन्दाहरूको सक्रिय सहयोगमा करिब १९:२० बजे आगो पूर्णरूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.