ताप्लेजुङको सिदिङवामा आगलागी, ५० लाखको क्षति

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १३, शनिबार १४:५०

विराटनगर। ताप्लेजुङको सिदिङवा गाउँपालिकाको केन्द्र साब्लाखुस्थित भञ्ज्याङ बजारमा आगलागी हुँदा करिब ५० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। शुक्रबार दिउँसो करिब ४:३० बजे स्थानीय ३५ वर्षीय डेनी तामाङको घरमा आगलागी भएको थियो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जटाशंकर यादवका अनुसार घरको सिरान तलाबाट विद्युत्‌ सर्ट भएर आगो लागेको हो।

साब्लाखु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक प्रदीपकुमार विष्टका अनुसार पाँच तले घरको छतमा जस्तापाता लगाइएको थियो। सिरानको त्यही तलाबाट लागेको आगो साँझ ६:४० बजे नियन्त्रणमा आएको थियो। स्थानीयहरूले आगो फैलन नदिन छरछिमेकमा रहेका घरका जस्तापाता समेत निकालेका थिए।

आगलागी नियन्त्रणका लागि गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, राष्ट्रपति रनिङ शिल्डमा भेला भएका विद्यार्थी र शिक्षक, भञ्ज्याङ बजारमा जम्मा भएका मानिसहरू, र साब्लाखु, थुम्बेदिन, सिनाम, खाम्दिम्बे प्रहरी चौकीका गरी ११ जना प्रहरी टोली समेत परिचालन भएका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.