
विराटनगर । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय दमक, झापाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–५ बाट ३० वर्षीय देवराज खड्का र उनकी ३२ वर्षीया सुस्मिता राईलाई शनिबार बेलुका पक्राउ गरेको हो । उनीहरूको साथबाट ३ ग्राम ३१० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी,अस्थायी प्रहरी पोष्ट मटेरुवा, मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१७ बाट सोही स्थानका २३ वर्षीय साबिर मियालाई १०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यस्तै, बेलबारी नगरपालिका–११ बस्ने ३२ वर्षीय निशान मगरलाई पनि ३२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।
पक्राउ परेकाहरुमाथि सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।























