काठमाडौं  महानगरका मेयर बालेन शाहलाई पितृशोक

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १५, सोमबार १४:०४

काठमाडौं । काठमाडौं  महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पितृशोक परेको छ । उनका बुबा रामनारायण शाहको सोमबार निधन भएको छ ।

उनको सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए ।

मेयर बालेनको सचिवालयका अनुसार आइतबार बिहान मुटुमा समस्या देखिएपछि शाह बेहोस भएका थिए । त्यसलगत्तै उनलाई सिभिल अस्पताल पुर्‍याइएको थियो । उनको शरीरमा रगत जाम भएको र भेन्टिलेटरमा राखिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.