
विराटनगर। भदौ २४ गते रंगेलीमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । मोरङ जिल्ला अदालत, विराटनगरबाट ‘आपराधिक उपद्रो’ मुद्दामा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरूको खोजतलास तीव्र पारेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष प्रहरी टोलीले मंसिर १५ गते उनीहरूलाई आ-आफ्नो घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबै आरोपितहरूलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
भदौ २४ गतेको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले इलाका प्रशासन कार्यालय रंगेली, रंगेली नगरपालिका लगायत अन्य सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए। यस कार्यबाट ठूलो भौतिक क्षति पुगेको थियो।
पक्राउ पर्ने व्यक्तिहरू
१. भुपाल भण्डारी – रंगेली नगरपालिका- ३
२. आनन्द साह – रंगेली-७
३. रमेश कुमार मण्डल – रंगेली-४
४. रुपक गौतम – रंगेली-३
५. रुपेश यादव – रंगेली-६
६. समिर क्षेत्री -कटहरी-२
७. दोर्जे प्रतिक तामाङ-कटहरी-२
८. गणपत यादव जहदा-१

























