धनकुटा बस दुर्घटनाका घाइते चालकको मृत्यु

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १७, बुधबार १०:४४
सांकेतिक तस्बिर

विराटनगर । गत आइतबार धनकुटामा भएको स्कुल बस दुर्घटनामा गम्भीर घाइते भएका बस चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरीको रामधुनी–५ का ६० वर्षीय भुवन चौधरी रहेको प्रहरीले जनाएको छ।

शैक्षिक भ्रमणका लागि तीनजुरे गएको को १ ख ५३ नम्बरको उक्त स्कुल बस सुनसरी फर्कंदै गर्दा आइतबार धनकुटा बजारको रमाइलो घुम्तीमा दुर्घटना भएको थियो। दुर्घटनामा चालक चौधरीसहित विद्यार्थी र यात्रु गरी ३६ जना घाइते भएका थिए। गम्भीर अवस्थामा रहेका चालक चौधरीको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मङ्गलबार दिउँसो उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

यसैबीच, अन्य घाइतेहरूको अवस्थाबारे जानकारी दिँदै धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले दुई जना विद्यार्थीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अझै उपचार भइरहेको बताए। अन्य २५ जना भने उपचारपछि घर फर्किसकेको उनले जानकारी दिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.