पूर्व प्रहरी हवल्दारको हत्याका आरोपी भारतमा पक्राउ

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १९, शुक्रबार १५:००
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

काठमाडौँ । पूर्व प्रहरी हवलदार सीता धिताल कँडेलको हत्यामा संलग्न चितवनका बुद्धिराम दराई भारतबाट पक्राउ परेका छन् । उनको लमजुङको बेसीशहर नगरपालिका–२ भकुन्डेमा २०८१ चैतमा भएको थियो ।

चितवनका स्थानीय दराइलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याएको हो । घटनाको ८ महिनापछि बुधवार सीआईबीले भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको हो ।

हत्या गरी फरार दराई भारत पुगेका थिए। प्रहरीले मृतक कँडेलको शव २०८१ चैत ३१ गते आफ्नै घरभित्रको बेडमा प्लाइ र त्रिपालले बेरिएको अवस्थामा फेला परेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.