जेनजी आन्दाेलन : तीन महिनापछि जाहेरी लिएर पुग्याे एमाले

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १९, शुक्रबार १७:००

विराटनगर । जेनजी आन्दोलनका क्रममा सरकारी र निजी सम्पति आगजनी र तोडफोडमा संलग्नलाई कारवाही गर्न माग गर्दै नेकपा एमाले मोरङले जिल्ला  प्रहरी कार्यालय माेरङमा जाहेरी दिएको छ ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सार्वजनिक, सरकारी र निजी सम्पत्तीमा तोडफोड, लुटपाटमा संलग्नमाथि  कारबाहीका मागसहित एमालेले जाहेरी दिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको उपस्थितिमा मोरङ प्रहरी प्रमुख कवित कटवाललाई जाहेरी दिइएको एमाले मोरङले गठन गरेको कार्यदलका सदस्य मुकेश बुढाथोकीले जानकारी दिए ।

एमाले मोरङले गठन गरेको अध्ययन कार्यदलको शुक्रबार अध्ययन प्रतिवेदन बुझाएपछि प्रतिवेदनका आधारमा घटनामा संलग्नहरुलाई कारवाहीको मागसहित जाहेरी दिएको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए ।

उनका अनुसार एमालेले जिल्लामा भएको निजी तथा सार्वजनिक सम्पतिमा भएको क्षतिका विषय अध्ययनका लागि कार्यदल बनाएको थियो । सो कार्यदलले जिल्लामा ५ अर्ब भन्दा बढी क्षति भएको निष्कर्ष निकालेको थियाे ।

एमालेले जाहेरीसँगै घटनामा संलग्न व्यक्ति, आपराधिक समूहको फोटो प्रहरीलाई उपलब्ध गराएको जनाएकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.