मोरङको सुन्दरहरैँचामा आगलागी

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २३, मंगलबार ०९:५७
प्रतीकात्मक तस्बिर

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-११, ढाकी टोलमा मंगलबार बिहान भएको आगलागीबाट स्थानीय डम्बर प्रधानको घर र धनमाल जलेर नष्ट हुँदा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिहान करिब ६ बजेतिर डम्बर प्रधानको टिनको छानो र टाटी बेरा भएको भुइँतले कच्ची घरमा अचानक आगलागी भएको खबर इलाका प्रहरी कार्यालय  विराटचोकमा प्राप्त भएको थियो।

प्रहरी नायब निरीक्षक गोविन्द सापकोटाको कमान्डमा तत्काल खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा नगरपालिकाको दमकल र स्थानीय मानिसहरूको सहयोगमा आगोलाई बिहान ६:३० बजे पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो । आगलागीबाट घर पूर्ण रूपमा जल्दा घरभित्र रहेका १० तोला चाँदी र १० मन धान जलेर नष्ट भएको छ ।

खसी १, बाख्रा २ र कुखुरा ७ वटा पनि जलेर जलेर मरेकाले अनुमानित २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीमा मानवीय क्षति भने भएको छैन । आगो लाग्नुको कारणबारे अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.