
विराटनगर । गत भदौ २४ गतेको जेन-जी आन्दोलनको क्रममा काठमाडौंको केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदी ताप्लेजुङमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङ घर भई काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–८ बस्ने प्रदीप लुङ्वा भन्ने शंकर लिम्बू छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार ३४ वर्षीय शंकरलाई बाटोबाटै नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए । लिम्बू कर्तव्य ज्यान मुद्दामा अदालतबाट १० वर्ष कैद सजाय पाएर केन्द्रीय कारागार जगन्नाथ देवल, सुन्धारामा सजाय भुक्तान गरिरहेका बेला जेन-जी आन्दोलनको क्रममा फरार भएका थिए।
उनी फुङलिङ नगरपालिका–५, वीरेन्द्रचोक क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयको दाबी छ।























