सांकेतिक तस्बिरझापा । झापाको भद्रपुरमा शौचालयभित्र लडेर एक व्यक्तिको मृत्यु भएको छ। उनी छारे रोगका बिरामी रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर नगरपालिका-४, लुरुङ चोक निवासी ४२ वर्षीय देवेन्द्र देवानको आज दिउँसो मृत्यु भएको हो।
देवान आफ्नै घरको शौचालयभित्र पस्ने क्रममा लडेर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि मेची प्रादेशिक अस्पताल, भद्रपुर पुर्याइएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
देवानको शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।























