पौडेल खड्का समाजको महाधिवेशन फागुनमा 

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २८, आइतबार १९:४९
पौडेल खड्का समाजको महाधिवेशन फागुनमा 

इटहरी । पौडेल खड्का कुलवंश सेवा समाजको केन्द्रीय समितिको प्रथम बैठक इटहरीमा सम्पन्न भएको छ । बैठकमा समाजका संगठनात्मक, नीतिगत तथा भावी कार्यक्रमसम्बन्धी १० वटा प्रस्तावमाथि छलफल गरी निर्णय गरिएको छ ।

गत असोज २७ गते इटहरीमा सम्पन्न १० जिल्लाका पौडेल खड्काहरूको भेलाबाट १७ सदस्यीय तदर्थ समिति गठन गरिएको थियो । अध्यक्ष डम्बरबहादुर खड्का, वरिष्ठ उपाध्यक्ष टेकबहादुर खड्का, महासचिव सञ्जीवकुमार खड्कालगायत रहेको तदर्थ समिति गठन गरिएको थियो ।

बैठक सुरु हुनुअघि समाजका अग्रज डिल्लीबहादुर खड्काले केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

समाजको बैठकले यही फागुन ३० गते इलामको चुलाचुलीमा महाधिवेशन गर्ने लगायतको निर्णय भएको महासचिव सञ्जीवकुमार खड्काले जानकारी दिए ।

सो अवसरमा समाजकी पूर्वअध्यक्ष निर्मला खड्कालाई समाजलाई पुर्‍याएको योगदानको कदर गर्दै विशेष सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.