
काठमाडौँ । गैरआवासीय नेपाल संघ (एनआरएनए) ले आफ्नो महाधिवेशन मिति र स्थान घोषणा गरेको छ । हालै दुई समूहबीच एकीकरण भएको एनआरएनएले आफ्नो १२औं अन्तर्राष्ट्रिय महाधिवेशनको मिति र स्थान घोषणा गरेको हो ।
काठमाडौँमा हुने उक्त महाधिवेशन एकता महाधिवेशन हुने जनाइएको छ ।
एकतापछि गठित स्टेरिङ कमिटीको आइतबार बसेको दोस्रो बैठकले फागुन ११, १२ र १३ गते (सन् २०२६ फेब्रुअरी २३, २४ र २५) महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए ।

























