
काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारलाई दबाब सिर्जना गर्न भन्दै शान्तिपूर्ण धर्ना दिंदै प्रदर्शन गरेको छ ।
अभियानले बुधबार देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको हो । अभियानले काठमाडौँको माइतीघर मण्डलामा समेत प्रदर्शन गरिएको थियो ।
महाअभियानले २०६२–०६३ को जनआन्दोलनको म्याण्डेट सङ्घीयता, धर्मनिरपेक्षता ल्याउने नरहेको भन्दै यसबारे जनमतसंग्रह गर्नुपर्ने लगायत माग राखेको छ ।

























