झापामा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३, बिहीबार ०९:५२
सांकेतिक तस्बिर

विराटनगर । झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट बिहीबार बिहान १ व्यक्तिको मृत्यु भएको छ। मेचीनगर नगरपालिका–४ स्थित बाहुनडाँडीको खड्का डाँडा नजिकै हात्तीले कुल्चिँदा ती व्यक्तिको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

घटनालगत्तै पुगेको प्रहरी टोलीले मृतकको सनाखत गर्ने प्रयास गरिरहेको छ। प्रहरीका अनुसार मृतक अन्दाजी ५५ वर्षका पुरुष हुन्। घटनास्थल सीमा नजिकै भएकाले उनी भारतीय नागरिक हुन सक्ने आशंका गरिए पनि ठोस पहिचान भने खुलिसकेको छैन। प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.