गायक मुकारुङको धरानमा एकल साँझ हुने 

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ४, शुक्रबार १६:११
गायक मुकारुङको धरानमा एकल साँझ हुने 

धरान ।  सुनसरीको धरानमा शनिबार साँझमा गायक भीषण मुकारुङको एकल साँझ हुने भएको छ । धरान–१५ स्थित किराँत याक्थुम चुम्लुङको सभाहलमा पुस ५ गते शनिबार साँझ मुकारुङको एकल सांगीतिक कार्यक्रम आयोजना गरिएको छ ।

यो कार्यक्रम गत भदौ २८ गते गर्ने भनिएको उक्त कार्यक्रम  जेनजी आन्दोलनका कारण स्थगित गरिएको थियो । धरानका दर्शकलाई एकल साँझमार्फत मनोरञ्जन गराई संकलन हुने रकम सामाजिक कार्यमा खर्च गरिने बताइएको छ ।

एकल साँझबाट उठ्ने रकम सुनसरी–भोजपुर सरोकार समाजले धरानमा निर्माण गर्न लागेको भवन निर्माण सहयोगमा प्रदान गरिने छ ।

दुई दशकभन्दा लामो संगीत यात्रामा रहेका गायक मुकारुङका ‘विश्वासको बन्धन’, ‘सक्सेस’, ‘संवाद’, ‘माहौल’, ‘चन्द्रमुखी’, ‘एउटा सत्य’ लगायतका एल्बम बजारमा छन्। उनका ‘अँधेरीमा जुन फूल्दा’, ‘खोर्सानी डल्ले’, ‘चन्द्रमुखी’, ‘ए सिम्मा’ लगायतका गीत चर्चित छन् ।

उनले यही गीतहरू प्रस्तुत गरी धरानवासीलाई भरपुर मनोरञ्जन प्रदान गर्ने तयारीमा रहेका छन् ।

तपाइको प्रतिक्रिया
२४ घण्टामा २० विपद्का घटना, आठ जना घाइते
सुनको मूल्यमा भारी वृद्धि 
सुनको मूल्य एकैदिन ११ हजार ६ सय रुपैयाँले घट्यो
पिजफायर रेस्टुरेन्टका सञ्चालक खत्री जंगलमा मृत फेला
पिजफायर रेस्टुरेन्टका सञ्चालक खत्री जंगलमा मृत फेला
असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी
श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन अनुबन्ध
करणको कप्तानी र वार्नरको साथमा तेस्रो एनपीएलका लागि काठमान्डु गोर्खाज तयार
दसैँमा ठूला घटना नभए पनि सवारी दुर्घटना बढेपछि प्रहरीलाई डीआईजी खनालको निर्देशन
स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु 
दुर्गम याङ्मा यात्रामा सहजता थपिँदै, ढासापारमा बन्यो आश्रयस्थल
दुर्गम याङ्मा यात्रामा सहजता थपिँदै, ढासापारमा बन्यो आश्रयस्थल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×