
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार उक्त अध्यादेश जारी गरेका हुन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपतिले यो अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन सम्बन्धी ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
सरकारले निर्वाचन प्रक्रियामा आवश्यक परिमार्जन गर्नका लागि संसद अधिवेशन नचलेको अवस्थामा अध्यादेशको बाटो रोजेको हो ।



















