
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ साँघु लेकुवामा भरुवा बन्दुकसहित एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
स्थानीय मिङमा तेञ्जी शेर्पाका २५ वर्षीय छोरा फुर्वा रेञ्जु शेर्पा भरुवा बन्दुकसहित मृत अवस्था फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार तिलोकसिंह लिम्बूको अलैँची बारीमा भरुवा बन्दुकमा बारुद भर्दै गरेको अवस्थामा अचानक बन्दुक पड्किँदा घाँटीमा गोली लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनास्थलमा फुर्वा रेञ्जीसँगै रहेका उनका भतिज सोनाम शेर्पाले दिएको बयानका आधारमा उक्त कुरा खुलेको हो । घटनासम्बन्धी आवश्यक अनुसन्धानका लागि मृतकका १८ वर्षीय भतिज सोनामलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।























