जलेर बुहारीको मृत्यु, ससुरा घाइते

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ७, सोमबार ११:२६

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटमा स्थानीयको घरमा भएको आगलागीमा परी एक जना महिलाको मृत्यु भएको छ । उनका ससुरा घाइते भएका छन् ।

प्रहरीका अनुसार आइतबार अपराह्न धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान बम्जनको घरको भान्सा कोठाभित्र अचानक आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आगलागीमा परी दुर्गामानकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको मृत्यु भएको हो ।

आगलागीमा ससुरा दुर्गामान घाइते भएका छन् । स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौ रिफर गरिएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.