दुर्घटनापछि पूर्वपश्चिम महेन्द्र राजमार्गमा अवरुद्ध

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १५, मंगलबार १२:२०
दुर्घटनापछि पूर्वपश्चिम महेन्द्र राजमार्गमा अवरुद्ध

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा ट्यांकर दुर्घटना भएपछि सडक अवरुद्ध भएको छ ।

चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक मंगलबार बिहान एलपी ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको हो ।

भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ एटी २११४ नम्बरको ट्यांकर दुर्घटना हुँदा ट्यांकर चालक भारतको कदोरा जिल्ला जयनगरका ३५ वर्षीय पवन यादव घाइते भएको प्रहरीले जनाएको छ । घाइते चालकको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

हाल पूर्वबाट आएका सवारीसाधन चन्द्रनिगाहपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि र पश्चिमतर्फबाट आएका सावारीसाधन धन्सार पुल नजिक रोकिएका छन् ।

ट्यांकरबीच सडकमा दुर्घटना हुँदा सडक अवरुद्ध भएको छ भने ग्यास लिक भइरहेकाले दुर्घटनाको जोखिम बढिरहेको प्रहरीले जनाएको छ। उक्त ग्यास ट्यांकर उठाउन जनकपुरबाट ग्यास कम्पनीका प्राविधिकसहितको टोली आउँदै गरेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.