गोली लागेको अवस्थामा जंगलमा युवकको शव फेला

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १६, बुधबार ११:४१
सांकेतिक तस्बिर

सिन्धुली । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका-१ पिउरीखोलास्थित जंगलमा एक युवकको गोली लागेको अवस्थामा शव फेला परेको छ।  सिन्धुलीको सुनकोशी गाउँपालिका-५ बन्दिपुरका २२ वर्षीय आशमान तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार तामाङको शव उनको घरभन्दा करिब ३ किलोमिटर दक्षिणतर्फको जंगलमा भेटिएको हो । मृतकको नाइटोबाट रगत बगिरहेको अवस्थामा शव फेला परेको प्रहरी चौकी अमलेले जानकारी दिएको छ ।

घटनास्थलमा राति नै प्रहरी चौकी अमले, इलाका प्रहरी कार्यालय वस्तीपुर र इलाका प्रहरी कार्यालय खुर्कोटको टोली पुगेर अनुसन्धान सुरु गरिसकेका छन् । तामाङको हत्या भएको हो वा आफैँले बोकेको बन्दुक पड्किएर मृत्यु भएको हो भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.