पूर्वाञ्चलमा बाल सेवा आश्रममा न्यानो कपडा 

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १७, बिहीबार १८:५१
पूर्वाञ्चलमा बाल सेवा आश्रममा न्यानो कपडा 

विराटनगर । विराटनगरको पूर्वाञ्चलमा बाल सेवा आश्रममा न्यानो कपडा वितरण गरिएको छ । विराटनगरका युवा समाजसेवी गोविन्दराज गिरीकोले आफ्नो जन्मदिनको अवसर पारेर बिहीबार आश्रममा रहेका बालबालिकालाई चिसोबाट बच्नका लागि न्यानो कपडा प्रदान गरेका हुन् ।

आश्रममा रहेका बालबालिकालाई विभिन्न क्षेत्रका मानिसहरूले खाद्यान्न, कपडालगायत विभिन्न सामान दिएर सहयोग गर्दै आएको छ ।

गिरीले वृद्धाश्रममा सहयोग गर्दै आए पनि यस पटक बाल सेवा आश्रममा सहयोग गरेका हुन् । बिहीबार एक कार्यक्रमको आयोजना गरेर न्यानो कपडा दिइएको हो ।

सो कार्यक्रममा विराटनगर महानगरपालिका –७ का वडाध्यक्ष मधुबाबु तिवारी, काँग्रेसका युवा नेता कृष्ण कार्की, मुकेश कार्कीलगायतले आश्रमकी सीता पोखरेललाई न्यानो कपडा हस्तान्तरण गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.