सुनसरी गोलीकाण्ड: सशस्त्रका वरिष्ठ हवल्दार प्रहरी नियन्त्रणमा

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १८, शुक्रबार १३:२४
सुनसरीमा सशस्त्र प्रहरीको गोली चलाउँदा सिटी सफारी चालकको मृत्यु

विराटनगर । सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएको घटनामा संलग्न रहेको आशंकामा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार नवराज खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेवेका अनुसार हवल्दार खतिवडा बिहीबारदेखि नै प्रहरीको सम्पर्कमा छन् । उनीसँग घटनाका बारेमा विस्तृत सोधपुछ भइरहेको छ ।

बुधबार मध्यराति सुनसरीको कोशी गाउँपालिका–१ मा १० बोरा चिनी बोकेको अटो रिक्सालाई नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले गोली चलाएको थियो । सोही क्रममा स्थानीय ४५ वर्षीय विजय साहको छातीमा गोली लागी मृत्यु भएको थियो। घटनापछि सशस्त्र प्रहरीले तस्करको समूहले सुरुमा आक्रमण गरेको र जवाफी कारबाहीमा गोली चलाउनुपरेको दाबी गर्दै आएको छ ।

यद्यपि, १० बोरा चिनीका लागि ज्यान नै लिने गरी गोली चलाइएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् । घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ भने प्रहरीले दोषी ठहरिए कानूनी प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान सुरु हुँदै
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.