सडक पूर्वाधार दिगो र मजबुत बनाउन मुख्यमन्त्री कार्कीको जोड

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १८, शुक्रबार १४:४९

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सडक पूर्वाधार निर्माण गर्दा दीर्घकालीन सोचका साथ बलियो र टिकाउ बनाउनुपर्ने बताएका छन्। विराटनगरमा सिमेन्ट उत्पादक संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले साना कुरामा लोभिने प्रवृत्तिले दिगो विकासमा बाधा पुगेको चर्चा गरे।

जेठ लागेपछि पिच गर्ने र असार नलाग्दै भत्किने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले अब सिमेन्टको प्रयोगबाट लामो समयसम्म टिक्ने सडक बनाउनुपर्ने बताए। ‘जेठमा बनाउने र असारमा भत्किने विकासले देश समृद्ध हुँदैन, अब समयमै काम सुरु गरी समयमै सम्पन्न गर्ने गरी अघि बढ्नुपर्छ,’ उनले भने।

स्वदेशी उत्पादन र कच्चा पदार्थको प्रयोगमा जोड मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले आफ्नै क्षेत्रको कच्चा पदार्थ उपयोग गर्ने गरी नीति ल्याउन लागेको जानकारी दिए। यसै वर्षदेखि प्रदेशका कर्मचारीलाई स्थानीय स्तरमै उत्पादित पोसाक प्रयोग गराउने तयारी भइरहेको उनले बताए। संघीय सरकारले तोकेको रकममा प्रदेश सरकारले थप बजेट व्यवस्था गरी कोशी प्रदेशमै निर्मित पोसाक लगाउने नीति चाँडै कार्यान्वयनमा ल्याइने उनको भनाइ छ।

सिमेन्ट सडकको प्रभावकारिता कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव अर्जुनजंग थापाले सिमेन्टको प्रयोगबाट निर्माण हुने सडकको टिकाउ र दीर्घकालीन फाइदाबारे प्रस्तुति दिएका थिए। नेपाल सिमेन्टमा आत्मनिर्भर भई निर्यातको अवस्थामा पुगिसकेकाले स्वदेशमै यसको खपत बढाउन सके देशले ठूलो लाभ लिने उनले बताए। नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्षले पनि विश्वभर सिमेन्ट सडकको प्रविधि स्थापित भइरहेको भन्दै उत्पादन वृद्धिमा जोड दिए।

सिमेन्ट उद्योग संघका निवर्तमान अध्यक्ष ध्रुव थापाका अनुसार कार्यक्रममा कोशी प्रदेशका विभिन्न स्थानीय तहमा कार्यरत इन्जिनियरहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सिमेन्टको प्रयोगबाट कसरी बलियो र दीर्घकालीन संरचना निर्माण गर्न सकिन्छ भन्ने विषयमा प्राविधिक छलफल र अन्तरक्रिया गरिएको थियो।

तपाइको प्रतिक्रिया
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान सुरु हुँदै
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.